महेन्द्र मा.बी.डडेल्धुरा द्धारा “विद्यालय विकास कोष”को स्थापना

१३ असोज
डडेल्धुरा जिल्लाको उत्कृष्ठ शैक्षिक संस्थाहरु मध्ये एक महेन्द्र माध्यमिक विद्यालय खलंगा डडेल्धुरामा विद्यालय विकास कोषको स्थापना गरिएको छ ।
विद्यार्थिहरुको शैक्षिक उत्कृष्ठता सुनिश्चित गर्न शैक्षिक विकास मा नागरिक स्तर तथा शिक्षामा चासो र सरोकार राख्ने व्यक्तिहरु लाई शैक्षिक विकासको अभियानमा जोड्नको लागी यो कोषको स्थापना गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थिहरुको शैक्षिक उत्कृष्ठताको लागी व्यवस्थित तथा पर्याप्त कक्षाकोठा, पुस्तकालय, विज्ञान तथा प्रविधि प्रयोगशाला , खेलमैदान निर्माण गर्ने , जेहेन्दार तथा आर्थिक रुपले विपन्न विद्यार्थि लाई विद्यालय तथा उच्च शिक्षाको लागी छात्रबृति प्रदान गर्ने, विद्यार्थिहरुको नियमित स्वास्थ्य जाँचको प्रबन्ध गर्ने , विद्यालयमा स्वच्छ पिउने पानि , पर्याप्त शौचालय तथा स्वच्छता व्यवस्थापन गर्ने र विद्यालय लाई पूर्णरुपमा सक्षम , सवल ,आत्मनिर्भर र उत्कृष्ठ शैक्षिक केन्द्रको रुपमा विकास गर्ने जस्ता विभिन्न ५ वटा उद्देश्य राखेर “विद्यालय विकास कोष” को स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक शुरेन्द्र बहादुर ऐर ले बताउनु भयो ।

“विद्यालय विकास कोष” मा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्नको लागी विद्यालयले अनुरोध गरेको छ । न्यूनतम १०० रुपैया देखी माथि सहयोग गर्न सकिने तथा सहयोगको लागी सानिमा बैँक अमरगढी शाखामा महेन्द्र माध्यामिक विद्यालयको नाममा रहेको खाता नं.०५४०१००१००००३१५ मा जम्मा गर्न सकिने तथा अनलाईन ट्रान्सफर गर्न सकिने विद्यालयले बताएको छ ।

विद्यालय प्रशासनका अनुसार कोषमा जमा भएको रकम लाई मुलधन मानेर मुद्दती खातामा राखि उक्त रकम बाट आउने व्याज लाई विद्यार्थिको हकहितमा प्रयोग गरिनेछ । डडेल्धुरा सदरमुकाममा रहेको यो विद्यालयमा हाल प्रारम्भिक वालबिकास देखी कक्षा १२ सम्म पठनपाठन भईरहेको छ । यो विद्यालय बि.स.२०१४ सालमा स्थापना भएको हो ।

You might also like