निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुँदै

११ असोज

आसन्न मंसिर ४ गतेको लागी तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्न लागेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १२ असोज भोलि बुधबार देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको जानकारी दिए । उनले सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा रहेको बताए ।

प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी ४ मंसिरमा देशभर एकैचरणमा मतदान हुँदै छ । आयोगले निर्वाचनका काम तीव्रगतिमा सञ्चालन गरिरहेको छ ।

यही क्रममा आयोगले निर्वाचनमा सहभागी हुने दलहरूसँगकै छलफलका आधारमा आचारसंहिता निर्माण गरेको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.