पुरातन शैलीमा पुर्ननिर्माण हुनेभो प्रसिद्ध उग्रतारा भगवतिको मन्दिर

१० असोज
सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपिठका रुपमा रहेको विश्व सम्पदा सूचीमा सूचिकृत उग्रतारा मन्दिरको पुरातन शैलीमा पुनर्निर्माण गरिने भएको छ। सिमेन्टजन्य सामग्रीबाट निर्माण भएको उग्रतारा मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाइएपछि पुरातत्व विभागले सिमेन्टजन्य सबै सामग्री हटाएर काठ तथा बलियो ढुंगा प्रयोग गरेर पुरानै स्वरुपमा पुनर्निर्माण गर्न थाल्ने भएको हो।

उग्रतारा मन्दिरलाई आकर्षक रुपले पुरातन शैलीमा चालु आर्थिक वर्षमै पुनर्निर्माणको काम सम्पन्न गर्न पुरातत्व विभागले काम अघि बढाएको छ। उग्रतारा मन्दिर पुनर्निर्माण परियोजनाका प्रमुख हरिप्रसाद भुषालले चालु आर्थिक बर्षभित्रै मन्दिर पुनर्निर्माणको काम सम्पन्न गरिने जानकारी दिए। उनले जिल्लास्थित सबै सरोकारवालाहरुसँग समन्वय बैठकको आयोजना गरेर उग्रतारा मन्दिरको पुनर्निर्माण कार्य थालनीका लागि सुझाव माग गरिएको बताए।

उग्रतारा मन्दिरको पुनर्निर्माण र पुरातन शैलीका संरचना निर्माण गर्न पुरातत्व विभागबाट विनियोजित रकम कार्यान्वयनका लागि सर्वपक्षीय सहमति भइसकेको र अविलम्व पुनर्निर्माणको प्रकृया थालनी हुने उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराका अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिए।

You might also like
Leave A Reply

Your email address will not be published.