
१० असोज
अमरगढी नगरपालिका वडा नं.७ कि सानिया भट्टराई कान्तिपुर टेलिभिजन बाट प्रशारण भईरहेको नेपालको चर्चित रियालिटी सो सुपर डान्सर नेपालको टपटेन पर्न सफल भएकि छिन ।
हाल कक्षा ८ मा अध्ययन गरिरहेकी सानिया सानै देखी नृत्यमा रुचि राख्ने गर्थिन । सानै उमेर देखि विद्यालय तथा स साना कार्यक्रमहरुमा आफनो नृत्य प्रस्तुत गरेकी सानिया ले बुटवलको बागेश्वरी सँगितालयमा दुई बर्ष तथा मुम्बईमा चर्चित वाईल्ड रिपर्जका डान्सर सागर राई संग २.५ बर्ष नृत्यको तालिम लिएकी छिन ।
नेपाल तथा भारतका विभिन्न नृत्यको विभिन्न प्रतियोगिताका प्रतिस्पर्धामा सहभागी भई पुरस्कार जित्न सफल सानिया यस पटकको सुपर डान्सर नेपालको प्रतिस्पर्धामा मा कोरियोग्राफर युमि बलामी साथ लिएर प्रतियोगिताको टपटेनको प्रतिस्पर्धामा छिन ।
हाल बुटवलको होराईजन मा.बी.मा पढ्ने सानियको लागी उनि पढ्ने विद्यालयले सहयोगको लागी अभियान नै संञ्चालन गरिरहेको छ ।
सानियाका अभिभावक तथा विद्यालय परिवारले अवको भर भनेको दर्शकहरुको भोट भएकोले सानिया लाई भोट गरि सहयोग गरिदिनको लागी अनुरोध गर्नुभएको छ ।
सानिया लाई भोट गर्नको लागी गुगलमा गएर osrconnect टाईप गरि Super Dancer Nepal को Vote Now मा Click गर्ने अनि Contestant of Super Dance Nepal हेरेर Saniya Bhattaraiमा click गर्ने अनि Vote गर्न सकिन्छ ।