
९ असोज
डडेल्धुरामा हिजो साँझ देखी परेको अविरल बर्षाका कारण विभिन्न स्थानमा क्षति पुगाएको छ । डडेल्धुरा डोटी केआई सिँह राजमार्गमा पहिरो गई राजमार्ग नै अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ भने डडेल्धुराकै शाहुखर्क क्षेत्रमा गएको पहिरोले भिमदत्त राजमार्ग लाई आंशिक रुपमा प्रभाव पारेको जनाईएको छ ।
आलिताल गााउपालिका वडा नं.३ को धुलीखेत क्षेत्रमा धेरैमात्रामा खेतको धान बगाएको आलिताल गाँउपालिका वडा नं.३का पुर्व अध्यक्ष लोकेश महराले बताउनुभएकोछ । महराले सामाजिक संजालमा क्षति भएका खेतहरु तथा धानवालीको फोटो पोष्ट गर्दे उक्त क्षेत्रमा धेरै नोक्सान गरेको बताउनु भएको छ ।
यस्तै आलिताल गाँउपालिकाको सदरमुकाम गोदाम बजारमा पनि बर्षाको भल पसेको छ । गोदाम बजारमा डोला गाँउबाट आएको भल पस्दा दुईवटा पसलमा सामान्य क्षति पुगाएको छ ,स्थानियले पसलका सामानहरु अन्तै सारेका छन् भने भल आउने क्रम जारिनै रहेको स्थानियले बताए ।
उता परशुराम नगरपालिकाको वडा नं.६ का विभिन्न बस्तिमा वाढी पसे पनि हिजो देखीको बर्षाले खासै क्षति नगरेको यद्यपि क्षतिकोे विवरण एकिन नभईसकेको वडा नं.६ का अध्यक्ष खगेन्द्र बहादुर सिँह ले बताउनुभयो ।
