९ असोज
सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब बढाईरहेका छन्।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा संस्थापन इतर पक्षका कम मात्र परेको भन्दै असन्तुष्ट शेखर कोइराला समूहका नेताले प्रत्यक्षतर्फ पनि त्यस्तै अवस्था आए विद्रोह गर्ने चेतावनी समेत दिएका छन्।सो पक्षले शनिबार राजधानीमा आफ्ना पक्षका नेतालाई जम्मा पारेर निर्वाचनमा विद्रोह हुनेसम्मको चेतावनी दिएका हुन्।
पछिल्लो समय संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूचीमा एकलौटी गरेको भन्दै शेखर पक्ष असन्तुष्ट रहँदै आइरहेको छ । उक्त निर्णय नसच्याए पार्टीभित्र विद्रोह हुन सक्ने चेतावनी शेखर पक्षको छ।