९ असोज
नेपाली काँग्रेसले प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदुर पश्चिम प्रदेश सभाका लागी जम्मा २१ जनाको नाम बन्द सुचिमा पेश गरेको छ । डडेल्धुराबाट समानुपातिकको बन्दसूचीमा ४ जनालाई राखेको पाइएको छ। दुई महिला र दुई पुरुष गरि चार जनालाई बन्दसूचीमा राखेको पाइएको हो। महाधिवेशन प्रतिनिधि तारक बुढाऐरको नाम खसआर्यतर्फ पहिलो नम्बरमा छ।
यस्तै खसआर्य महिलातर्फ सरस्वती खड्का र राजु भट्ट जोशी तथा दलिततर्फ सन्तोष जैरुको नाम पनि बन्दसूचीमा अटाएको छ। काँग्रेसले निर्वाचन आयोगमा बुझाइएको प्रदेशसभा समानुपातिकतर्फको ४ जना मध्ये तारक बुढाएर र सन्तोष जैरु अमरगढी नगरपालिकाका हुन, त्यसै गरि सरस्वती खड्का प्रधानमन्त्रि एबं नेपाली कांगेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराका हुन भने राजु भट्ट जोशी परशुराम नगरपालिकाका हुन ।