डडेल्धुरामा द्धिजगंगा मेमोरियल क्रिकेट हुदै : आज ट्रफी सार्वजनिक

७ असोज

डडेल्धुरा क्रिकेट संघ, डडेल्धुरा ले आज एक पत्रकार सम्मेलन गर्दै यही असोज १२ गते देखी १८ गते सम्म संञ्चालन हुने द्धिजगंगा मेमोरियल टि २० लिग जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।

डडेल्धुरा क्रिकेट संघका अध्यक्ष हरि प्रसाद उप्रेतीको सभापत्विमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गगन सिँ भण्डारीले प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभएको थियो भने उक्त कार्यक्रममा डडेल्धुरा क्रिकेट संघका सदश्य एबं राष्ट्रिय क्रिकेट टिमका छनौट समितिका सदश्य बाशुदेव जोशीले क्रिकेट प्रतियोगिताको बारेमा जानकारी दिनुभएको थियो ।

प्रतियोगिताको बारेमा जानकारी दिदै जोशीले डडेल्धुरामा क्रिकेट संघ २०६१ सालमा आधिकारिक रुपमा दर्ता भई विविध समस्याहरुको बाबजुत थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भए पनि पछिल्ला समयमा खेल मैदानको अभाव ,खेलाडीहरुको लगनमा कमि तथा आर्थिक अवस्थाका कारण डडेल्धुराको क्रिकेट ओरालो लागेको बताउदै यो प्रतियोगिताले डडेल्धुराको क्रिकेट लाई माथि लैजान मद्दत पुग्ने बताए ।

डडेल्धुराका सात वटै पालिका बाट सहभागिता रहने विश्वास गरिएको उक्त प्रतियोगिता मा विजेता टिमलाई ५१ हजार १५१ र दोस्रो हुने टिमलाई २५ हजार ५५१ नगदसहित आकर्षक पुरस्कार प्रदान गरिने आयोजक ले बताएको छ साथै उक्त प्रतियोगितामा सहभागि हुने खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकका लागि आयोजकले नै पोसाकको व्यवस्था पनि गर्ने छ । प्रतियोगिताका खेलहरु अमरगढी नगरपालिका वडा नम्बर ३ को रामलिला मैदानमा सञ्चालन हुने छन्।’

प्रतियोगिताको कुल अनुमानित लागत ५४६२००। रहेको छ भने टिम दर्ता शुल्क ४० हजार रुपैयाँ राखिएकोमा टिम दर्ताबाट २ लाख ८० हजार संकलन हुने छ भने बाँकी अनुमानित रकम रु २६६,२००। लागि प्रायोजक खोज्ने तयारी भइरहेको जिल्ला क्रिकेट संघका अध्यक्ष उप्रेतीले बताए। प्रतियोगिता सुदूरपश्चिम प्रदेश क्रिकेट संघका प्राविधिक संयोजक महेश बोहरा लगायत चार जनाको समूहले लिगको आधारमा आइसिसीको नियमअनुसार खेलाउने आयोजकले जनाएको छ।

यो प्रतियोगिता लामो समय पश्चात क्रिकेट संघले आयोजना गर्न गईरहेकोछ , हामी क्रिकेट गतिविधिहरु लाई हरेक पालिका सम्म पुरयाउन चाहन्छौ । यो प्रतियोगिताको सिकाईको आधारमा आगामी दिनमा प्रतियोगीताको मोडालिटि बदल्न सकिने तर खेललाई क्रिकेट संघको तर्फबाट हरेक बर्ष संञ्चालन गर्ने डडेल्धुरा क्रिकेट संघका अध्यक्ष हरि प्रसाद उप्रेतीले बताउनु भयो ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले विविध समस्याको वावजुत पनि डडेल्धुरा क्रिकेट संघले धेरै राष्ट्रिय तथा अनतराष्ट्रिय खेलाडी उत्पादन गरेको सुन्दा आफुलाई खुसी लागेको बताउदै डडेल्धुरामा स्तरीय खेल मैदानको पनि आवश्यकता रहेको र उक्त कार्यका लागी आफु र समन्वय समिति लागिपर्ने साथै संञ्चारकर्मि मित्रहरु लाई पनि उक्त अभियानमा जोडिन अनुरोध गर्नुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.