आईएमई पे र फोनपेबीच सम्झौता, क्यूआर गर्दा एक लाख रुपैयाँ जित्ने सकिने

७ असोज
चाडपर्वको अवसर पारेर आईएमई पे र फोन पे बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्यूआर स्क्यानमा एकलाख रुपैयाँसम्म जित्न सकिने अवसर रहेको कम्पनीले जनाएको छ ।

साथै फोनपेले दसैँमा १० दिनको र तिहारमा पाँच दिनको अफर सार्वजनिक गरेको छ । जसमार्फत प्रयोगकर्ताहरूले हरेक दिन आईएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा एकलाख रुपैयाँम्म जित्न सक्नेछन् ।

You might also like
Leave A Reply

Your email address will not be published.