कलाकार बुद्धि तामांग वैवाहिक सम्बन्धमा गासिए

७ असोज

अभिनेता बुद्धि तामाङ वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।

बुद्धिले आज शुक्रवार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह भएको हो ।
विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू, आफन्त तथा नजिकका साथीहरू सहभागी थिए । केही कलाकारहरूसमेत बुद्धिको विवाहमा पुगेका थिए ।

हास्य कलाकार केदारप्रसाद घिमिरेले बुद्धिको विवाहको तस्वीर फेसबुकमा शेयर गर्दै शुभकामना दिएका छन् । स्नातक तहमा अध्ययनरत अनु र बुद्धिको मागी विवाह भएको हो । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले पनि चर्चित छन् ।

You might also like