६ असोज
सुदुरपश्चिम प्रदेशको लागी नेपाली कांग्रेसको तर्फ बाट प्रदेशसभा सदस्य रहेका दिब्यश्वरी शाहले पार्टी त्याग्ने घोषणा गर्नुभएको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य बन्नुभएकी शाहले पार्टीमा मनोमानी बढेको भन्दै छिट्टै बिपी कांग्रेसमा प्रवेश गर्न लागेको घोषणा गर्नुभएको हो । तर उहाँले प्रवेशको मिति भने खुलाउनुभएको छैन ।
‘अब म नेपाली कांग्रेस पार्टीमा बस्दैन् । पार्टीमा अराजकता र मनोमानी धेरै भयो,’ शाहले भन्नुभयो, ‘मैले विगतदेखि बिपीकै सिद्धान्तको पालना गर्दै आएकी छु । छिट्टै बिपी कांग्रेसमा देख्नुहुनेछ ।’
शाह बिपी कांग्रेसका केन्द्रिय बरिष्ठ उपसभापति समेत रहनुभएका पूर्व प्रदेशसभा सदस्य कर्णबहादुर मल्लकी सासू पनि हुन् ।