६ असोज
डडेल्धुरा परशुराम नगरपालिका ले तटबन्ध निर्माणका लागी श्रमदानको आह्वान गर्दै आज देखी कामको सुरुवात गरेको छ ।
बिगत केही दिन यता परेको अविरल बर्षाको कारण आएको बाढीले डडेल्धुरा भित्रि मधेश क्षेत्रको विभिन्न ठाँउमा क्षती पुगाए पछि अझ हुने सम्भावित क्षतीलाई कम गर्न तटबन्ध निमार्ण कार्य सुरु गरेको परशुराम नगरपालिकाले श्रमदानको लागी आह्वान गर्दै आज बाट काम सुरु गरेको छ ।
यसपालीको वाढी बाट अली धेरै प्रभावित परशुराम नगरपालिकाको वडा नं. ६ को सिमलखेत आसपासका क्षेत्रलाई पुनः हुन सक्ने क्षती बाट बचाउनको लागी तटबन्ध निर्माणको काम सुरुवात गएिको हो । उक्त क्षेत्रमा तत्काल तटबन्धका काम अगाडी बढाउनको लागी परशुराम नगरपालिकाल २०० थान जाली खरिद गरेको छ भने स्थानिय करिव ६० जनाले आज श्रमदान गरेका हुन ।
उक्त क्षेत्रमा आज पहिलो दिन विहान १० बजे बाट साझ ४ बजे सम्म परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी, वडा नं.६ का अध्यक्ष खगेन्द्र बहादुर सिँह लगायत वडा का प्रतिनिधि, वडा नं.८ का अध्यक्ष दिनेश जोशी, स्थानिय राजनैतिक दलका प्रतिनिधि, स्थानिय समाज सेवी, गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको स्थानिय युवा टेक राज पन्त ले बताउनु भयो ।
विपदको पहिलो प्रतिकार्यकर्ता समुदाय नै भएकोले समुदायको तर्फ बाट विपद प्रतिकार्यको पहल गर्नुपर्ने वताउदै परशुरामका युवा गोकर्ण मल्ल आजको श्रमदानको उपस्थिती देखेर खुसी भएको बताउनुभएको छ संगै आगामी दिनमा यस्ता काममा समुदायका सबैको सहकार्यको अपेक्षा गरेको बताउनु भयो ।
आज पहिलो दिनमा उत्साहजनक उपस्थिती भएको र भोलीका लागी सुरक्षा निकाय, सामाजिक संघसंस्थाका प्रतिनिधी , स्थानिय राजनैतिक दलका प्रतिनिधी, स्थानीय जनता संग श्रमदानका लागी अनुरोध गरिएको ले आजको दिन भन्दा भोली देखी श्रमदान गर्न आउने हरुको संख्या बढ्ने नगर प्रमुख भरत बडायर ले बताए ।
आज देखी सुरु भएको श्रमदानमा तटबन्ध बनाई सम्भावित जोखिम बाट सिमलखेत क्षेत्र लाई बचाउनको लागी गरिन लागेको तटबन्धको निर्माणको कार्यक्रम अवको ३ देखी ४ दिन सम्म जारी रहने परशुराम नगरपालिकाले जनाएको छ ।