६,असोज
आलिताल गाँउपालिका वडा नं.२ को सदरमुकाम उणिकोट स्थित उणिकोट माध्यामिक बिद्यालय मा प्लस टु को पठाई सुरु भएको छ ।
आलिताल गाँउपालिकाको भौगोलिक रुपले दुर्गम क्षेत्रमा रहेको उणिकोट मा.बी.मा लामो समयको प्रयास पछी प्लस टु को पढाई संञ्चालनमा आएको हो ।
२०१६ सालमा स्थापना भएको उणीकोट मा .बि.का विद्यार्थिहरु एसएलसी पश्चात उच्च शिक्षाको लागी आलितालको सदरमुकाम गोदाम, घरेलु, डोटीको घण्टेश्वर र डडेल्धुरा जिल्लाको सदरमुकाम जानु पर्ने अवस्था रहेको थियो भने यस आर्थिक बर्ष बाट उणीकोट मै प्लस टु संचालनमा आए पश्चात यस क्षेत्रका विद्यार्थि लाई धेरै राहत मिल्नेछ ।
कुल २४६ विद्यार्थि रहेको उणिकोट मा.बी.मा यस आर्थिक बर्ष बाट कक्षा ११ को पढाई सुरु भएकोमा पहिलो बर्ष नै २० जना विद्यार्थिले कक्षा ११ मा भर्ना लिएका छन यस ले विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समिति उत्साहित भएको छ । उणिकोट मा.बी.लाई उच्च मा.बी.बनाउनु पर्छ भनेर अभियान संञ्चालन गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं वडा नं.२ का अध्यक्ष प्रमोद मल्लका अनुसार समाजसेवी तथा शुभचिन्तक बा ले करिव २५,००,०००। चन्दा संकलन गरिएकोे र करिव ३५,००,०००। बरावरको प्रतिवद्धता भएको जानकारी दिए ।
प्ल टु संञ्चालन गरेकै बर्ष विद्यार्थिहरुको उत्साहजनक भर्नाले विद्यालय परिवार उत्साहित भएको र पहिलो बर्ष मा शिक्षा शंकाय तर्फ नेपाली र श्वास्थ्य बिषयमा पढाई भईरहेको साथै आगामी दिनमा आवश्यकता अनुसार थप गर्दै जाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं वडा नं. २ अध्यक्ष प्रमोद मल्लले बताउनु भयो । यस पूर्व आर्थिक अवस्था राम्रो भएका हरु तराई सम्म गएर उच्च शिक्षा लिने भएता पनी आर्थिक अवस्था नाजुक भएका बिध्यार्थी हरु पढाइ बाट बन्चित भैरहेको अवस्था थियो भने अव उणीकोट मै प्लस टु को पढाइ हुने भए पश्चात आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुले आफनै गाँउमा उच्च शिक्षा हासिल गर्न पाउनेछन अध्यक्ष प्रमोद मल्लले बताउनु भयो ।
यस क्षेत्रमा उच्च शिक्षाको अभावमा धेरै विद्यार्थिहरु वाहिर जाने गरेको र हालको विद्यालय व्यवस्थापन समिति को राम्रो पहल र शुभचिन्तकहरुको सहयोगले उच्च मा.वी.को कक्षा संञ्चालन भएकोले आफनो क्षेत्रमा प्लस टु संञ्चालन गर्ने सपना पुरा भएकोमा सबै सहयोगी लाई धन्यवाद व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक मदन सिँ साउद ले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो ।