५ असोज, डडेल्धुरा
डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिकाले चाडपर्व लाई लक्षित गरि हरेक वडामा सुपथ मुल्य पसल संञ्चालनमा ल्याउने भएकोछ । दशै, तिहार र छठ लाई लक्षित गरि यही असोज १० गते देखी सवै वडा कार्यालयमा “सुपथ मुल्य पसल” संञ्चालनमा आउन लागेको कुरा गाँउपालिका ले जनाएको छ ।
गाँउपालिका प्रमुख उमेश प्रसाद भट्टका अनुसार उक्त सुपथ मुल्य पसलहरु अजयमेरु गाँउपालिकाको छ वटै वडामा संञ्चालनमा आउनेछन र विशेष गरि चाड पर्वमा बढी खपत हुने तेल, चिनि, नुन जस्ता उपभोग्य सामानहरु सहज र सुलभ रुपमा उपलब्ध गराउने अजयमेरु सरकारको योजना हो अध्यक्ष भट्टले भन्नु भयो ।
दशै तिहार अवसरमा सर्वसाधारण लाई केही हद सम्म भए पनि राहतहोस भनि सुरु गरिएको सुपथ मुल्य पसलमा यो बर्ष चिनि, तेल , नुन र सावुनमा बजार मुल्य भन्दा २० प्रतिसत छुट दिईएको छ भने , यस कार्यक्रम अन्तर्गत प्रत्येक परिवारले ८६० रुपैया जम्मा गर्नुपर्ने छ जम्मा ८६० रुपैयामा ५ किलो चिनि, एक लिटर तेल, एक किलो आयोडिन नुन, ९ वटा लुगा धुने सावुन र ५ वटा नुहाउने सावुन खरिद गर्न पाईने छ । यो सुविधा एक परिवारको लागी एक पटकको लागी मात्र व्यवस्था गरिएको गाँउपालिकाले जनाएको छ ।