५ असोज,डडेल्धुरा
परशुराम नगरपालिकाका वाढी पिडित परिवार लाई परशुराम नगपालिकाले छिट्टै राहत उपलब्ध गराउने जनाएको छ ।
परशुराम नगर कार्यपालिकाको असोज ४ गते वसेको वैठकको निर्णय अनुसार नगरपालिकाले एकद्वार प्रणालीवाट राहत संकलन तथा वितरण गर्ने निर्णय गरेको हो ।
बिभिन्न संघ संस्था,व्यक्तिहरुले उक्त वाढि ग्रस्त क्षेत्रमा सहयोग गर्न चाहेमा नगरपालिका मार्फत वितरण गर्नु पर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले बताउनुभयो ।
दशै, तिहार पर्व आउदै छ वडा नं. ६ सिमलखेत, सरगौडा,ठन्नजाला, पट्रेनीका स्थानीयको धानवाली नष्ट भएको प्रति आफु दुःखित भएको बताउदै नगरप्रमुख भरत बडायर जोशीले खाद्यान्न तथा तत्काल आवश्यक पर्ने राहत छिट्टै प्रकृयागत रुपमा खरिद गरि वितरण गरिने वताए ।
केहि दिन पहिले आएको वाढीले स्थानीय डम्बर साउँदको खुद्रा पसलमा पुर्ण क्षती भएको छ भने रंगुन तटबन्ध भत्कीएर गाउँमा बाढि पसे पछि पट्रेनीका डिल्ली साउँद, चन्द्र साउँद , काले साउँद, विस्ना साउँद, माने साउँद, तुलवहादुर साउँद, दुर्गा साउँदको सहित दर्जन वढि स्थानीयहरुका कच्ची घर सहित खेतियोग्य जमिन बगाउनुका साथै लगाईएको धानवाली नष्ट भएको प्रहरीले जनाएको छ ।
थप राहत र क्षतीपुर्तिका लागि प्रकृया थालिने भएपनि खाद्यान्न राह त छिट्टै दिईने तथा अन्य विपद प्रभावितहरुको लागी आवश्यक पर्ने बाह्य सामाग्री सहयोगको लागी सरकारी तथा गैर सरकारी संघ संस्था, उद्योगपती, व्यापारि, कर्मचारी , शिक्षक ,निजि क्षेत्र तथा ईच्छुक महानुभावहरु लाई नगरपालिकाको तर्फ बाट अनुरोध गरिएको नगर–प्रमुख जोशीले बताउनु भएकोछ ।
साथै यस अघि असोज २ गते नगरपालिका ले अपिल प्रकासित गरि तारजाली र तटबन्धका लागी सबैलाई सहयोग गरिदिन आह्वान गर्दै आर्थिक सहयोगका लागी लागी परशुराम नगरपालिकाको ग ७.२ परशुराम नगरपालीका स्थानिय प्रकोप व्यवस्थापन कोष को नाममा नेपाल बैँक लिमिटेड जोगबुडा शाखामा रहेको खाता नं. २४४०३०००००७०००२०००००१ मा रकम जम्मा गरिदिन आह्वान गरेको छ ।