५ असोज,
राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।
दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।
राष्ट्रपतिवाट यो विधेयक प्रमाणीकण नभए पछि कतिपयले संविधानको उल्लघन भएको भनेर प्रतिकृया दिएका छन् भने कतिपयले राष्ट्रियता बचाएकोमा धन्यवाद दिएका छन् ।