आलिताल गाँउपालिकामा भवनको अनिवार्य नक्सापास गर्नुपर्ने

४ असोज, डडेल्धुरा

डडेल्धुराको आलिताल गाउँपालिकाले नक्सा पास नगरी निर्माण कार्य गर्नेलाई कारबाही गर्ने भएको छ। कार्यपालिकाको बैठकले नै कारबाही गर्ने निर्णय गरेको हो।

मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले ९० दिनभित्र नक्सा पास गर्न भनेको छ। यदि नगरेको पाइएमा गाउँपालिकाले नियमानुसार कारबाही तथा जरिवाना गर्ने चेतावनीसमेत दिएको छ।

निर्माण सम्पन्न भइसकेका घर र भवनको नक्सा तथा आवश्यक कागजातहरूसहित अनिवार्य रूपमा तोकिएको समयावधि ९० दिनभित्र पेश गर्न सबैलाई आग्रह गरिएको गाउँपालिका बाट आज प्रकासित सुचनामा जनाईएको छ ।
२०७९ असोज २ गते बसेको कार्यपालिका बैठकले हाल सम्म निर्माण भईसकेका भवनहरुको ९० दिन भित्र नक्सा पास गर्नुपर्ने तथा अव उप्रान्त भवन निर्माण गर्दा गाँउपालिकाको पूर्व स्विकृत लिनुपर्ने तथा नक्सा पास नगराई निर्माण कार्य गरेमा नियमानुसार कार्वाही हुने कुरा सुचनामा उल्लेख गरिएको छ ।

सुचना अनुसार यस कार्यका लागी आलिताल गाँउपालिकाको पूर्वाधार विकास शाखा, भवन तथा मापदण्ड कार्यान्वयन ईकाईका ईन्जिनियर आकाश जोशी तथा सव ईन्जिनियर अजय भट्ट लाई सम्पर्क व्यक्ती तोकिएको छ ।

You might also like