
४,असोज
बैतडी पञ्चेश्वर गाउपालिकामा हिजो राति घर भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ लेककी १५ वर्षीया पूजा लुहारको च्यापिएर मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभएको छ ।
माटोको छानो भएको घर एक्कासी सोमबार राति अन्दाजी २ बजेतिर भत्किँदा सुतीरहेकी पूजाको च्यापिएर मृत्यु भएको उपाध्यक्ष भट्टले बताउनु भयो । आफ्नो घरबाट काकाको घरमा सुत्नका लागि गएकी पूजाको घरको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो। घरमा च्यापिएर अन्य दुई जना सामान्य घाइते भएका छन्।