दशैको लागी अग्रिम बस टिकट बुकिंग सुरु, १६ हजारले गरि सके बुकिंग, आवश्यकता अनुसार गाडी थपिने

४, असोज
यो वर्षको नजिकिदै गरेको बडादशैँका लागी घर जानका लागि अहिले सम्म १६ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले असोज १ गतेदेखि अहिलेसम्म यी संख्यामा टिकट बुकिङ भएको जानकारी दिए।

यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको भदौ २२ गते बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

महासंघले यो वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। ‘अहिलेसम्म १६ हजारले टिकट बुकिङ गरेका छन्, अब विस्तारै संख्या बढ्दै जान्छ’ उनले भने।

उनले आवश्यकता अनुसार गाडी थप्दै जाने जानकारी दिए। उनका अनुसार तत्कालका लागि चार सय गाडी थप गरिएको छ। अनलाइन टिकट बुकिङको भने व्यवस्था छैन। अब जति टिकट बुकिङ हुँदै जान्छ। यही आधारमा गाडी पनि थप्दै जान्छौँ’, उनले भने।

उनले अहिले पनि वर्षा जारी रहेकाले बाटो अवरुद्ध हुँदा समयमा यात्रुहरू गन्तव्यमा पुर्‍याउन नसकिरहेको जानकारी दिए। ‘सडकका खाल्डा पुरिदिन हामीले सडक विभागसँग माग गरेका थियौँ तर भनेजस्तो काम भएको छैन’‚ उनले भने।

You might also like
Leave A Reply

Your email address will not be published.