प्रतिबन्धित लागुऔषध सहित कैलाली र कञ्चनपुरमा ३ जना युवा पक्राउ

फाईल फोटो

४ असोज
नेपाल प्रहरीले प्रतिवन्धित लागुऔषक सहित कैलाली र कंञ्चनपुर बाट ३ जना युवा लाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अनुसार
कञ्चनपुर, बेलौरी नगरपालिका -२ बैजुडाँडाबाट अवैध लागूऔषध खैरो
हेरोईनजस्तो देखिने पदार्थ करिब २१ ग्राम ९९ मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले
२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदवरी नगरपालिका-५ गेटा
छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् । प्रहरी
चौकी टेडुवाबाट खटिएको प्रहरीले से. ७ प. ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने
क्रममा उक्त पदार्थ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटस्थित नेपाल-भारत सीमाक्षेत्रबाट अवैध
लागूऔषध खैरो हिरोईनजस्तो पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित जोशिपुर
गाउँपालिका -३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय भजनी
र सशस्त्र प्रहरी बल बिओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ
सहित फेला पारी पक्राउ गरेको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.