निर्वाचन आयोगले तोक्यो डडेल्धुराका मेयर उपमेयरका १२ जना उम्मेदवार लाई साढे चार लाखका दरले जरिवाना

४ असोज, डडेल्धुरा

स्थानिय निर्वाचनमा उम्मेदवार भएका तर निर्वाचन खर्च नबुझाएका डडेल्धुराका १२ जना मेयर र उपमेयरका उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ। निर्वाचन आयोग ले पटक–पटक विभिन्न माध्यम बाट सूचना मार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले जरिवाना तोकेको हो।

अमरगढी नगरपालिका ८ र परशुराम नगरपालिकाका ४ जना मेयर तथा उपमेयरका उम्मेदवारलाई जरिवाना गरेको आयोगले जनाएको छ।

आयोगले निर्वाचन खर्च नबुझाएकामा अमरगढी नगरपालिकामा रा.प्र.पा.बाट मेयरमा उठेका गणेशबहादुर भण्डारी, माओवादी केन्द्रबाट मेयरमा उठेका लक्ष्मणसिंह, राष्ट्रिय जनमोर्चाबाट मेयरमा उठेका पवनबहादुर बिष्ट र नेकपा एकीकृत समाजवादीबाट मेयरमा उठेका संगिताकुमारी भण्डारीलाई जरिवाना तोकेको छ।

आयोगले अमरगढी नगरपालिकामा राप्रपाबाट उपमेयरमा उठेकी कविता जोशी, नेपाली काँग्रेसबाट उपमेयरमा उठेका पार्वतीदेवी झुकाल, नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा उठेका भुवनराज पाठक, माओवादी केन्द्रबाट उपमेयरमा उठेका शशीदेवी अवस्थीलाई पनि जरिवाना तोकेको छ। काँग्रेसका उम्मेदवार झुकाल मात्र अमरगढीको उपमेयरमा बिजयी भएका थिए । निर्वाचन आयोग ले अन्य पालिकाका निर्वाचन खर्च नवुझाउने उम्मेदावार लाई पनि जरिवाना तोकेको छ ।

परशुराम नगरपालिकामा राप्रपाबाट मेयरमा उठेका दीर्घराज जोशी, राष्ट्रिय जनमोर्चाबाट मेयरमा उठेका रघुविर कामी, राप्रपाबाट उपमेयरमा उठेकी भागरथी चन्द ठकुरानी र नेपाली काँग्रेसबाट उपमेयरमा उठेकी कलापतीदेवी बोहोरालाई साढे चार लाखका दरले जरिवाना गरेको हो।

You might also like
Leave A Reply

Your email address will not be published.