प्रेस युनियन डडेल्धुराका पूर्व अध्यक्ष अवस्थिले त्यागे प्रेस युनियन

टेकराज अबस्थी

३ असोज, डडेल्धुरा
प्रेस युनियन डडेल्धुराका पुर्ब अध्यक्ष एबम सकृय संचारकर्मी टेकराज अबस्थीले आज पत्रकार सम्मेलन गरि प्रेस युनियन छाडेको जानकारी दिनुभएको छ ।
२०६१ साल देखि डडेल्धुरा जिल्लामा कृयाशिल भएर संचार क्षेत्रमा आबद्ध अबस्थीले आफु आबद्ध रहेको संगठनको मुल पार्टि नेपाली काँग्रेसको जिल्ला अधिबेशनलाई कथित जिल्ला अधिबेशनको संज्ञा दिदै पार्टि भित्रको लोकतन्त्रको उपहास भएको भन्दै अन्यायपुर्ण ब्यबहारलाई स्विकार गर्न नसकिने भन्दै आफुले उक्त पार्टि र संगठनमा नबस्ने घोषणा गर्दे बाहिरीएको बताउनुभयो ।

प्रेस युनियन डडेल्धुराको पूर्व अध्यक्ष रहेका अबस्थीले प्रेस युनियनको कुनैपनि जिम्मेवारीमा नरहने र स्वतन्त्र पत्रकारीता मार्फत जनताको सेवा गर्ने उद्घोष गर्दे प्रेस युनियन डडेल्धुराका जिल्ला उपाध्यक्ष योगेन्द्र रावललाई राजिनामापत्र बुझाएका थिए । प्रेस युनियनका केन्द्रीय पार्षद समेत रहनु भएका अबस्थीले संगठन र काग्रेस पार्टिबाट जनताले समतामुलक र न्यायपुर्ण समाजको स्थापना गर्न नस्कने निस्कर्ष समेत निकाल्नु भएको छ ।
संबिधान दिवसकै अबसरमा उनले जिल्लाका संचारकर्मीहरुलाई फलफुल बितरण गर्दे संबिधान दिवसको अबसरमा सम्पुर्ण नेपालीहरुलाई हार्दिक बद्याई तथा शुभकामना समेत ब्यक्त गरेका छन ।

You might also like