संविधान दिवसको अवसर पारि नागरिक समाज द्धारा डडेल्धुरामा द्धिप प्रज्वलन कार्यक्रम

तस्विर: अमर मित्र साँउद

३ असोज
आठौँ संविधान दिवसको अवसर पारि डडेल्धुरा सदरमुकामको तुफानडाँडा सँबिधान चोकमा द्धिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नागरिक समाज डडेल्धुराको अगुवाईमा विभिन्न सामाजिक संघ संस्था, पत्रकार महासंघ लगायत सर्वधारणको सहभागीतामा उक्त द्धिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।
द्धिप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगन सिँह भण्डारी, प्रमुख जिल्ला अधिकार मोहन राज जोशी, जिल्ला प्रहरी कार्यालय प्रमुख मनोहर प्रसाद भट्ट्, पूर्व जिविस सभापति गजेन्द्र बहादुर शाही, अमरगढी नगरपालिकाका पूर्व उपप्रमुख विशेश्वर प्रसाद ओझा लगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।
नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशीले संञ्चालन गर्नुभएको उक्त कार्यक्रम राष्ट्रिय गित बाट सुरु गरिएको थियो भने ज्ञात अज्ञात सहित लाई सम्झदै एक मिनेट मौन धारण गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख गगन सिँ भण्डारीले मैन बत्ति बाल्दै द्धिप प्रज्वलन कार्यक्रमको उद्घाटन गर्नभएको थियो भने संगै उपस्थिती सम्पूर्ण सहभागीहरुले क्रमसः द्धिव प्रज्वलन गरेका थिए ।
नेपालको संविधान २०७२ घोषणा गर्दा उक्त चोकमा ७५ किलोको मैनबत्ति प्रज्वलन गरि उक्त चोकको नाम संविधान चोक राखिएको हो ।

You might also like