समानुपातिकको बन्द सुचि बुझाउने आज अन्तिम मिति

तस्विर श्रोत : अनलाईन

३, असोज

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउने तयारी गरेका छन्।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो। आयोगले हिजो र आज गरी बन्दसूची बुझाउन दुई दिनको अवधि तोकेको थियो।

आज अन्तिम दिन ठूला दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलगायतका दलले बन्दसूची बुझाउने तयारी गरेका छन्। आइतबार केही साना दलहरुले बन्दसूची बुझाएका छन्। अन्य बाँकी दलले पनि आज बन्दसूची बुझाउने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ।

You might also like