पेभ परियोजनाको समिक्षा तथा समापन कार्यक्रम सम्पन्न

२ असोज, डडेल्धुरा
दलित महिला संघ फेडोको आयोजनामा सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता (पेभ) परियोजनाको समिक्षा तथा समापन कार्यक्रम आज डडेल्धुरामा सम्पन्न भएको छ ।
वुमन काईन्ड वल्र्डवाईडको आर्थिक सहयोगमा दलित महिला संघ फेडो डडेल्धुराले जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाँउपालिकामा सम्पन्न गरेको पेभ परियोजनाको समिक्षा तथा समापन गरिएको हो ।
२०१९ अक्टोवर बाट सुरु भएको परियोजना ३ बर्ष पछि आज समापन गरिएको हो । दलित महिला संघ फेडो डडेल्धुराको सचिव अन्जु गैरीको सभापतित्व मा संञ्चालन भएको उक्त कार्यक्रममा अमरगढी नगरपालिका तथा नवदुर्गा गाँउपालिकाका निवर्तमान तथा बर्तमान पदाधिकारीहरु , फेडो केन्द्रिय कार्यालय प्रतिनिधि, गैरसरकारी सँस्था प्रतिनिधि, पत्रकार लगायत विभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा दलित महिला संघ फेडोका सुनिता गैरेले परियोजना अन्तर्गत सम्पन्न भएका क्रियाक्लापहरुको प्रस्तुती गर्नुभएको थियो । परियोजनाको कृयाक्लाप, उपलब्धिहरु, समस्या, चुनौती, अवसरहरुको साथै परियोजनाको दिगोपनाको लागी गरिएका प्रयासहरुको बारेमा प्रकास पार्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै अमरगढी नगरपालिका वडा नं ४ का महिला सदश्य पार्वती देबी जैरुले अमरगढी नगरपालिका तथा गाँउपालिकाको सबै वडामा दलित महिला सदश्यहरु रहेको र सबैले आ आफनो वडामा दलित महिला तथा सिमान्तकृत बर्गहरुको लागी बजेट तथा विनियोजन गर्नका लगी पहल गर्नु पर्ने आवश्यक रहेको भन्दै आफुले अमरगढी नगरपालिका वडा नं.४ मा त्यो सुरु गरिसकेको बताउनु भयो ।

उक्त कार्यक्रममा अमरगढी नगरपालिका वडा नं.४ परमानन्द भण्डारीले एकद्धार प्रणालीबाट कार्यक्रमहरु संञ्चालन गरिनुपर्ने र यसरी एकद्धार प्रणाली बाट काम गर्दा थोरै श्रोतले धेरै काम गर्न सकिने भन्दै गैरसरकारी संघ संस्था संग सहकार्य गरेर अगाडी बढ्न वडा नं.४ सदै प्रतिवद्ध रहेकोछ र महिला तथा वालवालिकाको लागी सके सम्म धेरै बजेट तथा कार्यक्रमहरु तय गर्ने प्रतवद्धता व्यक्त गर्नुभयो ।
यसै गरि उक्त कार्यत्रलममा सहभागी भएका नवदुर्गा गाँउपालिका वडा नं.२ दिल बहादुर बिष्ट, समुदायमा गठन भएका समुहहरु लाई सक्रिय बनाउन स्थानिय सहकारीमा आवद्ध गराउनु पर्ने कुरामा जोड दिदै आफुहरु आउने र परियोजना जाने समय एकै परेकोले दुख लागेको भन्दै फेरी पनि सहकार्यको लागी तयार रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा परियोजना संग प्रत्यक्ष रुपमा जोडिएका कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने परियोजना कार्यान्वयनको क्रममा सहकार्य गर्ने सबै लाई धन्यवाद प्रदान गर्दै कार्यक्रमका सभापति अन्जु गैरेले कार्यक्रमको समापन गर्नुभएको थियो ।

You might also like