डा.गोविन्द के.सी.को सत्याग्रह, कांग्रेस विपिको एक्यवद्धता

१ असोज

स्वास्थ्य क्षेत्रमा भएको विकृति का विरुद्ध सुरु गरेको सत्याग्रह प्रति नेपाली कांग्रेस विपिले एक्यवद्धता जनाएको छ ।
नेपाली कांग्रेस विपि सुदुरपश्चिम प्रदेश समिति द्धारा आज एक प्रेस विज्ञप्ती प्रकासित गरि डा.गोविन्द के.सी.ले सुदुरपश्चिमको धनगढीमा सुरु गर्नुभएको सत्याग्रह प्रति ध्यानाकर्षण भएको र एक्यवद्धता रहेको जनाएको छ ।

नेपाली कांग्रेस विपि सुदुरपश्चिम प्रदेश सभापती करुणाकर भट्ट ले हस्ताक्षर गर्नुभएको प्रेस विज्ञप्तीमा नेपाल सरकार ले डा.केसी संग पटक पटक गरेको सम्झौता गरे पनि सरकारको तर्फ बाट ति सम्झौता पालना गर्नको लागी कुनै पहल नभएको र छलकपट गरिरहेकोले डा.गोविन्द केसी पटक पटक अनसनमा बस्नु परेकोले पनि स्वास्थ्य क्षेत्र प्रति नेपाल सरकार गम्भिर नभएको देखिन्छ भन्ने आरोप लगाएको छ ।

चिकित्सा क्षेत्रको सुधारका लागी डा.के.सी.ले राखेका छ वटा बुदाको मागहरु छिटो भन्दा छिटो सम्बोधन गर्न नेपाल सरकारलाई जोडदार माग गर्दै डा.के.सीको अनसन (सत्याग्रह) प्रति उच्च सम्मान सहित एक्यवद्धता रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

You might also like