सर्पदंस बाट डडेल्धुरामा एक जनाको मृत्यु

३१, भदौ
डडेल्धुरामा सर्पदंसको घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुरा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जितेन्द्र ओखेडा रहेका छन्।

हिजो बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जितेन्द्र आफैंले सर्प मारेर फेरि ओछ्यानमा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई वैद्यकहाँ लगिएको थियो।

त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ। ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए भने उनि विद्यालयमा भलिवलका राम्रो खेलाडीको रुपमा चिनिने गर्दथे ।

You might also like
Leave A Reply

Your email address will not be published.