डडेल्धुरा स्ववियू विवाद, चार विद्यार्थि संगठले निकाल्यो विज्ञप्ती

ज्ञापनपत्र बुझाउदै विद्यार्थिहरु

३० भदौ, डडेल्धुरा
डडेल्धुरा क्याम्पस डडेल्धुरामा स्ववियु विवादले उग्र रुप लिन थालेको छ । डडेल्धुरा क्याम्पस स्ववियूको नाममा आयोजना गर्न लागिएको खुल्ला भलिवल प्रतियोगिताको बारेमा अन्य विद्यार्थि संघ संगठन लाई कुनै जानकारी नगराईएको, आधिकारिकता सकिएको स्ववियूले सामाजिक विकास मन्त्रालय वाट ठुलो मात्रामा बजेट ल्याई एकलौटी रुपमा खेल संञ्चालन गर्न लागेको भनि केही दिन यता विद्यार्थि संगठनहरुले विरोध गरिहेकाले डडेल्धुरामा स्ववियू विवाद चर्कदै गएको छ ।


नेपाल विद्यार्थि संघ विपि लगायतका विद्यार्थि संगठनहरुले स्ववियुले एकोहोरो रुपमा खेलको आयोजना गर्न लागेको भन्दै, म्याद सकिएको स्ववियूले आफुलाई आधिकारीक भनिरहेको भन्दै विभिन्न माध्यम बाट विरोध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय , डडेल्धुरा तथा सामाजिक विकास कार्यालय डडेल्धुरा लाई ध्यानाकर्षण पत्र बुझाएको थियो । प्रतिउत्तरमा स्ववियु अध्यक्ष जगत बहादुर ऐर को हस्ताक्षरमा प्रेस विज्ञप्ती यो विवादले झन उग्र रुप लिन लागेको हो ।

ने.बि.संघ , विपिको प्रेश विज्ञप्ती


यहि २०७९ भदौ २८ गते को मितिमा त्रिभुवन विश्व विद्यालय, डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको लेटरप्याडमा स्ववियूको छाप प्रयोग गरेर विज्ञप्ती आए पछि अन्य विद्यार्थि संगठनहरु थप रुष्ट भएका छन् । यसै क्रममा नेपाली कांग्रेस विपिको तर्फ बाट विज्ञप्तीमा प्रयोग भएको लेटरप्याडको आधिकारीताको बारेमा क्याम्पस प्रमुख संग माग राख्दै प्रेस विज्ञप्ती निकालेको छ ।
आजै विभिन्न चार विद्यार्थि संगठन ले संयुक्त विद्यार्थि संगठनको नाममा संयुक्त वित्तप्ती निकाली क्याम्पसको लेटरप्याडमा स्ववियुको छाप र स्ववियु अध्यक्षको हस्ताक्षरको बारेमा क्याम्पस प्रमुखले तत्काल छानविन गर्नुपर्ने माग राखेका छन् ।


स्ववियूको आधिकारिकताको बारेमा डडेल्धुरा बहुमुखी क्याम्पस प्रमुख गंगा दत्त उपे्रती संग धारणा बुझ्न खोज्दा सोही बिषयमा विभिन्न विद्यार्थि संगठन बाट ज्ञापन पत्र आएको हुनाले ज्ञापन पत्र सहित त्रिभुवन विश्वविद्यालय लाई आधिकारिकताको बारेमा खुलाई दिन हुन भनि पत्र लेखिपठाएको ले आज भोली भित्रै स्वावियुको आधिकारिकताको बारेमा त्रिभुवन विश्व विद्यालयले जानकारी गराउनेमा विश्वस्त छौ भन्नु भयो ।
यस बिषयमा अहिले भर्खर मात्रै स्ववियु सभापति जगत बहादुर ऐर द्धारा हस्ताक्षर गरिएको प्रेश विज्ञप्ती जारी भएको छ उक्त विज्ञप्तीमा डडेल्धुरा वहुमुखी क्याम्पस स्ववियु लेखेको लेटरप्याड प्रयोग गर्न खोज्दा डडेल्धुरा बहुमुखी क्याम्पस मात्र लेखिएको लेटरप्याड प्रयोग हुन पुगेकोले उक्त विज्ञप्ती बाट पर्न गएको असर प्रति स्ववियु परिवार क्षमाप्रार्थी छ भनेर लेखिएको छ ।

संयुक्त स्ववियुको २०७९ भदौ ३० गतेको विज्ञप्ती


स्ववियुको विज्ञप्तीमा २०७९ असोज ६ गते देखी हुने प्रतियोगिता पूर्व ४ गते बिहान ११ बजे सम्पूर्ण सरोकारवाला विद्यार्थि संगठनका साथिहरु संग छलफल गरि प्रतियोगीता अनुगमन समिति गठन गरि प्रतियोगिता संञ्चालन गर्ने जानकारी गराईएको छ । स्ववियू अध्यक्ष जगत बहादुर ऐर संग सम्पर्क गर्दा जिल्लाको समग्र विकासको लागी खेलको आयोजना गर्न लागिएकोलेसम्बन्धित सबै संग समन्वय गरेर अगाडी बढ्ने जानकारी दिनु भयो ।

You might also like