३० भदौ, डडेल्धुरा
आसन्न मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागी नेपाली कांग्रेस विपि डडेल्धुराले आफनो उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टिको जिल्ला सभापति भरत नेपालीद्धारा हस्तारक्षर गरिएको सिफारिस पत्रका अनुसार प्रतिनिधिसभा को लागी प्रत्यक्ष उम्मेदवारको रुपमा नेपालि कांग्रेस विपिका केन्द्रिय बरिष्ठ उपसभापती कर्ण बहादुर मल्ल को नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस विपिले प्रतिनिधिसभा समानुपातिक तर्फ डडेल्धुरा बाट १० जनाको नाम सिफारिस गरेको छ । ६ जना पुरुष तथा ४ जना महिलाको नाम सिफारिस गर्दा गोपा थापा, कमला बिष्ट, डम्बरी ओली, तारि सिँ बोहरा, तिलक हमाल, लोकराज भट्ट, शुरेन्द्र बहादुर मालि, पद्मा गुरुंग,बाजी लुहार र खडक कैनी प्रतिनिधि सभा समानुपातिकमा सिफारिस भएका छन् ।
यसै गरी प्रदेशसभा क्षेत्र नं.क का लागी गणेश प्रसाद जोशीको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा क्षेत्र नं.खका लागी हरि प्रसाद भट्ट र करुणाकर भट्टको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस विपिले प्रदेशसभा का लागी समानुपातिक तर्फ पनि १० जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा समानुपातिक तर्फ करुणाकर भट्ट, भरत बहादुर नेपाली, नारुदेबी ओझा, शान्ति जैशी, देवकी पन्त, मान बहादुर बुढामगर, नर बहादुर ठकुराठी ,डम्बर सिँ बिष्ट,पदम सिँ खाती , शेर बहादुर चाड र जय बहादुर ऐरको नाम सिफारिस गरेको छ ।