२९ भदौ, डडेल्धुरा
“वालमैत्री समाजको आधार : जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ आज मनाईएको ५८ औँ राष्ट्रिय वालदिवसको अवसरमा अमरगढी नगरपालिकामा नगरपालिका स्तरीय अन्तर आधारभुत तह स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
अमरगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा को आयोजनामा अमरगढी नगरपालिका वडा नं.३ स्थित घटाल मा.बी.नुवाकोटमा उक्त चित्रकला प्रतियोगीता सम्पन्न भएको हो । घटाल मा.बि. नुवाकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं विद्यालयका पूर्व प्रधानाध्यापक श्री प्रेम राज बोहराको अध्यक्षतामा औपचारीक कार्यक्रम सहित उद्घाटन गरिएको उक्त कार्यक्रममा अमरगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हेमन्त राज पन्त प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
“मेरो सपनाको विद्यालय” शिर्षक मा आयोजना गरिएको उक्त चित्रकला प्रतियोगितामा अमरगढी नगरपालिका भित्रका जम्मा १५ विद्यालय बाट २९ जना विद्यार्थि सहभागी भएका थिए । प्रतियोगीतामा छात्र तर्फ महेन्द्र मा.बी.का प्रज्वल थापाले प्रथम स्थान हासिल गरेका थिए भने माउण्टेन बोर्डिंग स्कुलका बसन्त बोकटी ले द्धितिय र बैजनाथ आधारभुत विद्यालय भलियाका गौतम दमाईले तृतिय स्थान हासिल गरेका थिए ।
यसै गरी छात्रा तर्फ ज्ञानोदय बोर्डिंग स्कुलका मनिता बोहराले प्रथम स्थान हासिल गरेका थिए भने भगवती बोर्डिंग स्कुलका आकृति जोशी ले द्धितिय र भागेश्वर मावि टाँटरका दिपिका दमाईले तृतिय स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमस रु २०००।, रु१५००। र रु१०००। नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो यसका साथै सहभागी अन्य विद्यार्थिहरु लाई प्रमाणपत्र तथा यातायात खर्च बाफत रु ३००। प्रदान गरिएको थियो । विजयीहरु लाई अमरगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हेमन्त राज पन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत अतिथिहरुले पुरुस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरु ले बनाएका चित्रकलाहरु को प्रदर्शनी पनि गरिएको थियो ।