परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशी द्धारा १०० दिने प्रगती सार्वजनिक

२८,भदौ, डडेल्धुरा
परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले आफ्नो एक सय दिने कार्यकालको कामको विवरण सार्वजनिक गरेका छन् ।
डडेल्धुराको परशुराम नगरपालिकाका मेयर जोशीले सय दिनका २५ वटा महत्त्वपूर्ण काम भन्दै सार्वजनिक गरेका हुन् । परशुराम नगरपालिकाले गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा, ‘बर्निङ इन्जुरीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न सम्झौता, निःशुल्क आँखा स्वास्थ्य शिविरका लागि तिलगंगा आँखा प्रतिस्ठानका डा. सन्दुक रुइतको टिमसँग सम्झौता, ज्येष्ठ नागरिकको उपचार सहजताका लागि जोगबुडा अस्पतालमा छुट्टै ज्येष्ठ नागरिक डेस्कको स्थापना, विद्युत लाइन विस्तार, जोगबुडा अस्पताललाई ५० बेडमा स्तरोन्नतिका लागि पहल भएर थप भौतिक संरचना निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाइएको विवरण सार्वजनिक गरेका छन् ।
यसबाहेक नगरपालिका भित्र शिक्षाको गुणस्तरमा सुधारका लागि पहल, नगरपालिकाका सबै माध्यमिक विद्यालयहरूमा ई–हाजिरी, सबै आधारभूत विद्यालयमा इन्टरनेट जडानको सुरुवात, सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर विकासका लागि ४७ बुँदे करार सम्झौता, परशुराम नगरपालिकामा नापी र मालपोत कार्यालयको स्थापना, योग केन्द्र स्थापनाका लागि सहरी विकास कोषसँग सम्झौता, सौर्य बत्तीहरूको मर्मत सम्भार भएको उनको प्रगति विवरणमा उल्लेख छ ।
महाकाली करिडोर अन्तर्गत कराली देखि कुडा सम्मको सडक कालोपत्रेका लागि टेन्डर आह्वान, वडा नम्बर १, २, ३, ५ र १२ मा टेलिफोन टावर स्थापनाका लागि पहल, ‘इनोभेसन सेन्टर’ स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरिएको मेयर जोशीको सय दिनको काममा उल्लेख छ ।
परशुराम नगरपालिकाकालाई देशकै नमुना र मौलिक नगरका रूपमा स्थापित गर्न आफू सक्रिय रहेको मेयर जोशीले बताए । नगरपालिकाको १०० दिनमा भएका मुख्य २५ वटा उपलब्धि हरु लाई चाडै परशुराम नगरपालिकाको वेवसाईट मा राखिने कानुन अधिकृत गोविन्द राज जोशी ले बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.