पछिल्लो समय देशभर फैलिएको डेँगु रोग बिस्तारै पहाड तिर पनि देखिन थालेको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका र आलिताल गाँउपालिका बाहेक ५ वटै पालिकामा यो रोग देखा परिसकेको छ भने डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा डोटी र बैतडीका बिरामीहरुमा समेत डेंगु रोग देखा परेको छ ।
डेंगु लागेको बिरामीहरुमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको बेसरी दुख्ने, शरीरमा राता राता विमिराहरु आउनु र वाकवाकी लाग्नु वा वान्ता हुने गर्दछ, त्यस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने हुन्छ स्वास्थ्यकर्मिहरु बताउदछन् ।
डेँगुको सक्रमण बाट बच्नको लागी घरमै बसेर उपचार गर्ने, ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नको लागि प्यारासिटामोल उत्तम औषधी मानिएको छ यस बाहेक ब्रुफिन र एस्प्रिनजस्ता अन्य औषधिको सेवन गर्नु हुँदैन। डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्छ। थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्छ र यसको वृद्धि विकास हुन्छ।
त्यसमाथि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ। आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरुमा पानी जम्न दिनुहुँदैन। पानी राख्ने भाँडोलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्ने हुन्छ। दिउँसो पनि लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मह्लम लगाउनुपर्छ।
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्न जाली हाल्नुपर्छ। पूरै शरीर ढाक्ने लुगा लगाउनुपर्छ। लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ।