जनता समाजवादी पार्टि नेपाल डडेल्धुराले लगायो उम्मेदवारको टुंगो

२८, भदौ, डडेल्धुरा

जनता समाजवादी पार्टि नेपाल , जिल्ला समन्वय समिति डडेल्धुरा ले आसन्न मंसिर ४ गते हुन लागी रहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागी डडेल्धुरा बाट आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

२८ भदौ २०७९ मा जनता समाजवादी पार्टि नेपालको सुदुरपश्चिम प्रदेश कमिटि लाई पत्र लेख्दै प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागी प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।
डडेल्धुरा बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ श्याम शिनाल र ईन्द्र बहादुर बिष्ट, प्रतिनिधिसभा दलित समानुपातिक तर्फ नरभान पार्कि, प्रतिनिधि सभा समानुपातिक महिला तर्फ मन्जु देबी शाँकी र प्रतिनिधि सभा समानुपातिक खस आर्य तर्फ पदम सिँ शाह लाई सिफारिस गरेको छ ।

यसै गरी प्रदेशसभा १ मा प्रत्यक्ष तर्फ लोकेन्द्र साँउद र समानुपातिक तर्फ भोज राज जोशी लाई सिफारिस गरेको छ भने प्रदेश सभा २ मा प्रतयक्ष तर्फ बाशुदेव भट्ट र राज पार्कि र समानुपातिक तर्फ नरभान पार्कि लाई सिफारिस गररेको छ ।

जनता समाजवादी पार्टि नेपाल डडेल्धुराका जिल्ला अध्यक्ष लक्ष्मिकान्त पनेरु द्धारा हस्ताक्षर गरिएको सुचना अनुसार उम्मेदवार सिफारिसको जानकारी गराईएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.