२७,भदौ
स्वास्थ्य क्षेत्रमा विविध सुधारको माग सहित सत्यााग्राही प्रा.डाक्टर गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह सुदुरपश्चिमको धनगढीमा सोमबार साँझ बाट सुरु गरेका छन् । उनले सोमबार साँझ साढे ५ बजेदेखि धनगढी एलएन चोकस्थित कृष्ण मन्दिरको गीता सत्सङ्ग भवनमा सत्याग्रह सुरु गरेका हुन् ।
सत्याग्राह सुरु गर्नु पूर्व पत्रकारहरुसँग कुरा गर्दै उनले भने विगतका सरकारले झै अहिलेको सरकारले पनि आफ्नो मागलाई बेवास्ता गरेकोले बाध्य भएर आफूले सत्यागाहको बाटो रोज्नुपरेको हो ।
उनले भने, ‘शीर्ष नेताहरु चाहे ओली भनौं, चाहे देउवा भनौं, चाहे प्रचण्ड, गरिबले तिरेका करबाट उपचार गराउन विदेश जाने तर उनीहरुलाई भोट दिइ नेता बनाउने गरिब नागरिकहरु उपचार नपाइ मर्नुपर्ने ? गरिबको बाँच्ने अधिकार छैन ? यो अवस्थामा म मरे मर्छु । एक जना मर्दैमा के हुन्छ ? आमनागरिकहरु त्यतिकै मरिरहेका छन् ।’