डडेल्धुरा पुग्यो फोटो कथा प्रदर्शनी यात्रा

गणेश बहादुर मगर

२७ भदौ, डडेल्धुरा
डडेल्धुरा सदरमुकाम स्थित बागबजार बसपार्कमा युद्धका जीवित स्मृतिहरु नामक फोटो प्रदर्शनीको आयोजना भएको छ । युद्धका जीवित स्मृतिहरु नाम दिईएको उक्त यात्रामा युद्ध बाट प्रभावित भएका विभिन्न १४ वटा फोटो कथाहरु प्रदर्शन गरिएको हो ।
अपांगता भएका द्धन्द पिडितहरुको राष्ट्रिय संजालले आयोजना गरेको उक्त फोटोकथा प्रदर्शनी यात्रा कर्णाली प्रदेशको सुर्खेत बाट सुरु भई कर्णालीकै कालीकोट हुदै सुदुर पश्चिमको अछाम , डोटी हुदै डडेल्धुरा पुगेको हो भने कैलाली र कञ्चनपुर मा प्रदर्शन गरेर अहिलेको लागी फोटोकथा यात्रा को समापन गरिनेछ ।


अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको प्रमुख आतिथ्यता तथा संञ्चारकर्मिह तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती मा उद्घाटन भएको उक्त फोटो प्रदर्शनी यात्रा डडेल्धुराका स्थानिय सर्वसाधारण तथा विद्यार्थिहरुले फोटोकथाको अवलोकन गरेका थिए ।
द्धन्दकालमा विभिन्न कारणले अपांगता हुनुपरेका १४ जनाको कथाहरु प्रदर्शनीमा राखिएको बताउदै “मनको पिडा , व्यथा र कथाहरु एक अर्कालाई सुनाउदा मन हलुंगो हुने गरेको” प्रदर्शनीका आयोजक संञ्जालका केन्द्रिय अध्यक्ष सुरेन्द्र खत्री ले बताउनु भयो ।


यस प्रदर्शनीको माध्यम बाट आगामी दिनमा देशले यस्तो द्धन्दको पिडा भोग्न नपारोस भन्ने शुभकामना का साथै सन्देश दिन खोजिएको साथै तत्कालीन द्धन्द बाट अनायासै पिडा भोग्नु परेको र हाल सम्म न्याय नपाएका पिडित हरुलाई न्याय दिलाउनका लागी दवाव दिन खोजिएको संञ्जालका केन्द्रिय अध्यक्ष खत्री ले बताउनु भयो ।

उक्त फोटोकथा प्रदशनीमा प्रदर्शन भएका फोटो कथाहरु लाई लाई अडियो बाट सुन्न सकिने व्यवस्था पनि मिलाईएको थियो ।

You might also like