![](https://jhilkonews.com/wp-content/uploads/2022/08/nepali-congress.jpg)
२७,भदौ
चितवन कांग्रेसका विद्रोही समुहले कांग्रेस विपरित उम्मेदवार उठेका क्षेत्रमा उम्मेद्वारी दिने तयारी गरेको छ। भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस शुद्धिकरण अभियान नाममा एकिकृत बनेका चितवन कांग्रेसी समूहले कांग्रेसले गठबन्धनको नाममा उम्मेदवारी नदिएमा ती ठाउँमा उम्मेदवारी दिने जनाएको छ। ३ नम्बर क्षेत्रसहितका चितवनका ३ संघीय क्षेत्र र ६ वटै प्रदेशसभामा उम्मेदवारी दिने अडान लिएको छ। यो समूह भरतपुर महानगरपालिकाको भरतपुर महानगरमा भुंईकटहर चुनाव चिन्ह लिएर गठबन्धनको विपक्षमा उभिएको थियो।
पूर्वसांसद तथा भरतपुर महानगरका मेयर उम्मेदवार जगन्नाथ पौडेलले स्थानीय तहको चुनावभन्दा जनमत बढेकाले गठबन्धन विरुद्ध उम्मेदवारी दिने बताएका छन्। ‘चितवन ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र बन्नेछ, केही रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गर्नेछौँ’, उनले भने, ‘गठबन्धनले आघात पुर्याएको छ, हामी रेस्क्यु गर्नेछौँ।’ कांग्रेसले माओवादीसँग गठबन्धन गरेपछि विद्रोह गरेर उम्मेदवार बन्नुभएका पौडेलले भरतपुर महानगरको मेयर पदमा १४ हजार ७ सय २८ मत ल्याएका थिए। ‘त्यो बेला १० दिनमात्रैको प्रचारमा जानुपर्ने बाध्यता थियो, आधा मत बदर भयोु, उनले भने, ‘यसपाली त्यो बेला भुंईकटहरमा भोट नहालेका मतदाता सहितका धेरै कांग्रेसी हाम्रो पक्षमा छन्।’
उनले गठबन्धनको बहानामा केन्द्रले पटक पटक चितवन कांग्रेसलाई दमनमा पारेको आरोप लगाए। कांग्रेसलाई बलियो बनाउन देशव्यापी विद्रोहका स्वरहरु आउन थालेको उनको भनाई छ। ‘चितवनले विद्रोहको नेतृत्व गर्नुपर्ने थियो, चितवन सबैभन्दा बढी दमन परेको छ’, उनले भने, ‘अन्य जिल्लामा समेत विद्रोह भएका छन्, यहाँ जिल्ला नेतृत्व मौन बस्नु लज्जास्पद छ।’ डडेल्धुरा, टोडी, कञ्चनपुर, सिन्धुपाल्चोकले गठबन्धन नमान्ने निर्णय गरिसकेको बताए। गठबन्धन नगरी सरकार गठन गर्नैै सकिन्न भनेर जनतामा भ्रम छर्न खोजिएको आरोप लगाए। बीपीको नाम लिने तर सिद्धान्त र विचारनै नमिल्नेसँग म्याच फिक्सिङ गर्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने उनको तर्क छ।
कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले चितवन निर्वाचन क्षेत्र नम्बर ३मा कांग्रेसको उम्मेदवारी नभएमा आफुहरुको उम्मेदवारी हुने बताएका छन्। यस क्षेत्रमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लड्ने लगभग निश्चित जस्तै छ। प्रचण्डले यहाँबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् भने, जनता माझ कांग्रेस अभियानका लागि चितवन आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यले श्याम घिमिरेले शिर्ष नेताले रोजेको ठाउँ कांग्रेसले छोड्नुपर्ने बताएका थिए। त्यस्तो अवस्थामा प्रचण्ड विरुद्ध चुनाव लड्न तयार रहेको सापकोटाको बताए। ‘कांग्रेस बिग्रेको देखेको छु, थैलीको मुठो बुझाएर टिकट पाउनेहरु छन्’, उनले भने, ुकोही योग्य फेला परे छोडौला, तर मेरो क्षेत्रमा हसिया हथौडामा भोट हाल्न सकिदैन।’ बीपीले राजासंग एकता गरेको भए जेल नपर्ने दावि गर्दै सापकोटाले अहिलेको कांग्रेस नेतृत्व भागबण्डामा लागेको जिकिर गरे। उनले ६० वर्ष कांग्रेसकै राजनीतिमा लागेको र ५ वर्ष जेल बसेको बताउँदै कांग्रेस सिद्धान्तको विचलनको बाटोमा हिड्न लागेकोमा आरोप लगाए। २०१५, २०३६मा कांग्रेसले जित्दा कोहीसँग गठबन्धन गर्न नपरेको बताए।
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेसको अस्तिव मेटिने जोखिम भएका ठाउँमा शुद्धिकरण अभियानका अभियान्ताहरुले उम्मेदवारी दिने दाबी गरे। स्थानीय तहमा पार्टीको निर्णय विपतरित कार्य गरेको भन्दै ८ जना कारबाहीमा परेका छन् उनीहरुको कारबाही फिर्ताको आशमा यो समुह रहेको छ। जिल्लाका नेताहरुले शुक्रवार चितवन आएका पाटी सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गराउने आश्वासन समेत दिएका थिए। सोही आश्वासन पछि उनीहरुले कालिका नगरपालिका नगरपालिकामा राखेको कार्यक्रम स्थगित रहेको थिए।
तर, देउवाले भेट दिएनन्। बरु गठबन्धन विरुद्ध लाग्नेहरु कांग्रेस कमजोर बनाउने षड्यान्त्र भएका बताए थिए। चितवनमा पूर्वसांसद जगन्नाथ पौडेल, कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मिना खरेल, पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर १६ का सूर्य बस्नेत, पूर्व जिल्ला सचिव भरतपुर २ का आनन्दराज राउत र भरतपुर ८का डा।केशव पौडेललाई कांग्रेसले कारबाही गरेको छ। उनीहरुको कारबाही फिर्ताका लागि जिल्ला नेतृत्वले सक्रियता देखाईरहेको छ। तर, केन्द्र मौन छ। केन्द्रीय सदस्य श्याम घिमिरेले पहिलेभन्दा विद्रोही समुह कमजोर बनेको बताएका छन्। यद्यपि यो समहुले चितवनका सवै क्षेत्रमा संगठन विस्तारलाई तीव्रता पारिरहेको छ।
(नागरिक न्यूज बाट साभार)