२६ भदौ, डडेल्धुरा
डडेल्धुरामा हिजो सम्पन्न भएको डडेल्धुरा उद्योग बाणिज्य संघको निर्वाचन मा अध्यक्ष पदमा द्धिजराज भट्ट विजयी भएका छन् । कुल १०८० जना सदश्यहरुले मतदान गरेको उक्त निर्वाचनमा द्धिजराज भट्ट् जम्मा ५७७ मत लिएर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्धन्दी भोजराज भट्टले ४८२ मत लिएका थिए ।
यसै गरि बरिस्ठ उपाध्यक्षमा दिपक महता ६११ मत ल्याउदै विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी लालमणी पन्तले जम्मा ३९९ मत ल्याएका थिए । बाणिज्य उपाध्यक्षमा महादेव भट्ट लाई पराजय गर्दै खेमराज अवस्थि ले विजय हात पारेका छन, उक्त पदमा खेमराज अवस्थिले ६११ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्धन्दी भट्टले जम्मा ३६३ मत ल्याएका थिए ।
यसै गरी महासचिवमा ६४४ मतका साथ बिष्णु राज जोशी विजयी भएका छन उनका निकटतम प्रतिद्धन्दी दिनेश प्रसाद पनेरुले ३६९ मत ल्याएका थिए । महिला सचिवमा मिना फुलारा ६५७ मतका साथ विजयी भएका छन उनका निकटतम प्रतिद्धन्दी लक्ष्मि कुमारी ऐरले जम्मा ३३४ मत ल्याउन सफल भएका थिए ।
७ वटा सदश्य पदका लागी भएको निर्वाचनमा हरि प्रसाद उप्रेती सर्वाधिक ७०६ मत ल्याएर सदश्य पदमा विजयी भएका छन् । उप्रेती संगै टेक राज ओझा “भुवन”, धन बहादुर ठकुराठी, धर्म देव पाण्डेय , मोहन बहादुर देउवा, लोक राज पण्डेय र सिताराम पाण्डेय पनि सदश्य पदमा विजयी भएका छन् सदश्य पदका उम्मेदवार गणेश सिँह साँकि र शुनिल घिमिरे झिनो मतले सदश्य पदमा पराजीत भएका छन् ।
निर्वाचन समिति संयोजक युवराज जोशीका अनुसार उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, वाणिज्य सचिव, उद्योग सचिव, सचिव महिला, कोषाध्यक्ष, खुल्ला सदस्य १०, महिला सदस्य दुई र दलित, जनजाती, अपाङ्ग सदस्य दुई र वस्तुगत उपाध्यक्ष गरी २५ जनाको कार्यकारणी समिति हुने प्रावधान छ।
आज निर्वाचित भएका बाहेकका पदाधिकारी हरु यस अघि नै निर्विरोध निर्वाचित भई सकेका छन्