डडेल्धुरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पन्तको उम्मेदवारी यस्तो छ प्रतिबद्धता

२२ भदौ, डडेल्धुरा
डडेल्धुरा युवा व्यवसायी लालमणी पन्तले डडेल्धुरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। यहि भदौ २५ गते हुन गइहेको डडेल्धुरा उद्योग वाणिज्य संघको १२औं जिल्ला अधिवेशनमा पन्तले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।

डडेल्धुरा जेसिजको पूर्वअध्यक्ष तथा विभिन्न व्यवसायमा सक्रिय पन्तले डडेल्धुरा जिल्लाको उद्योग व्यवसाय क्षेत्रलाई रचनात्मक एवं प्रभावकारी नेतृत्व प्रदान गर्न आफूले उम्मेदवारी दिएको पन्तले बताए।

उम्मेदवार लालमणी पन्तले ७ बुँदे प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका पन्त ले ब्यबसायी दाजुभाइको हक हितका लागि योजना सहित कामगर्दै उद्योग वाणिज्य संघको अवधारणा अनुरूप उद्देश्य प्राप्तिका लागि इमान्दार भएर क्रियाशील रही काम गर्ने, संस्थामा पद्धति, पारदर्शिता, मितव्ययिता र जवाफदेहितामा जोड दिने, स्थानिय उत्पादनलाई उच्च मूल्यांकन गर्दै उचित बजारको व्यवस्थापन गर्ने कुरामा स्थानीय सरकारसँग समन्वय गरी स्थानीय उत्पादन लाई प्राविधिक रुपमा अगाडि बढाउन जोड दिने, व्यवसायी हरूको समस्या न्यूनीकरण गर्नका लागि स्थानिय सरकार, सम्पुर्ण राजनीतिक दल, सरकारी कार्यालय, सबै सामाजिक संघ संस्थाहरू एवं उपभोक्ता वर्गसँग समेत एकीकृत रूपमा समन्वय गरी वाणिज्य संघको भूमिकालाई अझ प्रभावकारी बनाउने , व्यवसायीहरूका लागि आपतकालीन कोष निर्माण गर्न साझा अवधारणा बनाइ कार्यान्वयन गर्न पहल गर्ने, नेपाल सरकार तथा कर कार्यलयले निर्धारण गरेका विभिन्न प्रकारका करहरुको बारेमा व्यवसायी साथीहरूलाई जानकारी गराई उचित परामर्शको व्यवस्था गर्नुका साथै कर शिक्षाको उचित व्यवस्थापन गर्ने तथा यस क्षेत्रको पर्यटनको विकास, कला संस्कृति रितिरिवाज भेषभूषाको संरक्षण र स्थानिय उत्पादन, स्थानीय प्रतिभा, स्थानिय परिकारको प्रवद्र्धनका लागि प्रत्येक वर्ष महोत्सवको आयोजना गर्न पहल गर्ने लगायतका ७ बुदे प्रतिवद्धता व्यक्त गरेकाछन् । पन्त व्यापार संगै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति हुन ।

You might also like
Leave A Reply

Your email address will not be published.