डडेल्धुरा-जिल्ला सदरमुकाम स्थित किशुन जी भवनमा बि.पी. काग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा विविध विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बि.पी.काँग्रेस डडेल्धुराका सभापति भरत नेपालीको सभापतित्व तथा बि.पी.काँग्रेसका नेता तथा प्रतिनिधि सभाका उम्मेदवार , सुदुरपश्चिम प्रदेश सभाका पूर्व सांसद कर्ण बहादुर मल्लको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा डडेल्धुरा जिल्लाका सबै पालिका प्रतिनिधि तथा जिल्ला कमिटि पदाधिकारी, प्रदेश कमिटि पदाधिकारी, बि.पी.काँग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु तथा शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

उक्त छलफल कार्यक्रममा देशको विद्यमान परिस्थिती र बि.पी. काग्रेसको आगामी रणनीनिका विषयमा छलफल गरिएको थियो । कार्यक्रमका अधिकांस वक्ताले जेन्जी आन्दोलनले अपेक्षा गरिएको परिवर्तन ल्याउन नसकेको र व्यक्ति परिवर्तन मात्र भएको तर विचार र कार्यशैली परिवर्तन नभएको गुनासो गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कर्ण बहादुर मल्लले देश गम्भिर अवस्था बाट गुज्रीरहेको तर जनता हरु अझै पनि तेरो पार्टि मेरो पार्टि भनेर पार्टि भन्दा माथी उठ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै सबै शक्ति मिलेर देशमा स्थायी शान्ति र शुसासन ल्याउनु पहल गर्नुपर्ने बताए ।
बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि परिणाम अनुकूल हुनेगरी बीपी कांग्रेसको नेतृत्व रहने गरी राजनीतिक अग्रगमनको साझा बाटो तय गर्ने जुनसुकै राजनीतिक दल तथा राजनीतिक समूहसँग जुनसुकै अवस्थामा चुनावी तालमेल गर्ने र उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण सबै शक्तिहरुसँग संवाद र सहकार्य एवं छलफलका लागि नेपाली कांग्रेस बीपीका नेता एवं प्रतिनिधि सभा निर्वाचनका डडेलधुराका उम्मेदवार कर्णबहादुर मल्ललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।