२० भदौ, डडेल्धुरा
नेपाल कम्युनिष्ट पार्टि एमाले ले आसन्न संघिय तथा प्रदेशस सभा निर्वाचनका लागी डडेल्धुराको तर्फ बाट उम्मेदवारको टुंगो लगाएको छ ।
नेकपा एमाले जिल्ला कमिटिको बैठकले प्रतिनिधि सभाको लागी सुदुरपश्चिम प्रदेशका पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्रि पठान सिँ बोहरा लाई सिफारिस गरेको छ भने सुदुरपस्चिम प्रदेश सभाका लागी क्षेत्र नं.१ बाट चत्र प्रसाद स्नेही र क्षेत्र नं.२ बाट गजेन्द्र बहादुर शाहि लाई सर्वसम्मतले सिफारिस गरेको छ ।
क्षेत्र नं.१ बाट सिफारिस भएका स्नेही पूर्व राट्रिय सभा सदश्य हुन भने क्षेत्र नं.२ वाट सिफारिस भएका शाही पूर्व जिल्ला विकास समिति सभापति हुन । यसअघि नेपाली काग्रेस डडेल्धुराले प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ ।