१७ भदौ ,डडेल्धुरा
नेपाली काँग्रेस डडेल्धुराले आसन्न चुनावका लागी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सह सचिव प्रेम बहादुर महरले जानकारी दिए । संघिय निर्वाचनको समानुपातिक महिला सदस्यमा प्रधानमन्त्री पत्नि एवं काँग्रेस केन्द्रिय सदस्य डा.आरजु राणा देउवाको नाम सिफारिस गरिएको उनले बताए ।
यसअघि बिहीबार क्षेत्रीय कार्य समितिले देउवाको नाम सर्वसम्मत रुपमा जिल्ला कार्य समितिलाई सिफारिस गरेको थियो । प्रधानमन्त्री देउवा पत्नि डा.आरजु कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ पनि सिफारिस भएकी थिईन । डा. आरजु २०७० सालको चुनावमा संविधानसभा सदस्य बनेकी थिइन् । उनी त्यसबेला पनि डडेल्धुराबाट समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् । त्यसपछि भने २०७४ सालको निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचनमा सहभागी बनेर हार व्यहारेकी थिईन । राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिईन ।
जिल्ला कार्य समिति डडेल्धुराले संघिय निर्वाचनमा सामानुपातिक पुरुष खस आर्य सदस्य तर्फ केन्द्रिय सदस्य नैनसिंह महर र जनक कलौनीको नाम सिफारिस गरेको छ । दलित तर्फ नरभान कामीको नाम सिफारिस गरिएको सह सचिव महरले जानकारी दिए । नैनसिंह महर लाई कैलाली क्षेत्र नं। ४ बाट प्रतिनिधिसभाको सदस्यका लागि समेत सिफारिस गरिएको छ ।
डडेल्धुरा प्रदेशसभा सदस्य क्षेत्र ‘क’ मा जिल्ला सभापती भिम बहादुर साउद र ‘ख’ मा सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री गोबिन्दराज बोहराको नाम सिफारिस गरिएको उनले जानकारी दिए । प्रदेश ‘क’ मा सामानुपातिक तर्फ पूरुष खस आर्यबाट पूर्व जिल्ला सभापती रधुवर भट्ट, नेता गुणाकर चटौत, बिरबहादुर ठगुन्ना र जितबहादुर बिष्टको नाम सिफारिस गरिएको छ । महिला तर्फ कौशिला कुमारी भट्ट, राजु भट्ट, कलावती बोहरा, बसन्ती देवी पाण्डेय, जला कुमारी बिष्टको नाम सिफारिस गरिएको छ । दलित महिला तर्फ रत्ना देवी कामी र हरीनादेवी कामीको नाम सिफारिस गरिएको छ । यसैगरि जनजाती, दलित, अपांग, अल्पसंख्यकबाट बलबहादुर गुरुङ्ग र शंकर कामीको नाम सिपारिस गरिएको छ ।
प्रदेश ‘ख’ मा पुरुष खसआर्यबाट तारक बुढाऐर, तिलकक जोशी, बिरबहादुर भाट, तेजबहादुर ऐर, नबल बहादुर मल्ल, नेत्र प्रसाद जोशी, गणेश पन्त, रत्न ऐर, मोहनराज पाठक, भोजराज भट्टको नाम सिफारिस गरिएको छ । महिला तर्फ सरस्वती खड्का, बसन्ती भण्डारी, दीपा देवी ऐर, टीकेश्वरी हमाल, सरस्वती अवस्थी ओझा र मान कुमारी थापाको नाम सिफारिस गरिएको । दलित तर्फ सन्तोष जैरु, चन्द्रे टमटा र गोपिराम कामिको नाम सिफरिस गरिएको सहसचिव महरले जानकारी दिए ।