१७ भदौ , डडेल्धुरा
आसन्न प्रदेश तथा संघिय निर्वाचनमा पार्टीका तर्फबाट तयार हुने घोषणा पत्र मा दलित एवं सिमान्तकृत महिला हरुको सवालहरु यथेष्ठ रुपमा समेटिदिनका लागी दलित महिला संघ डडेल्धुराको तर्फबाट जिल्ला स्थित विभिन्न राजनैतिक दलहरु लाई सुझाव हरु पेश गरिएको छ ।
विपन्न दलित परिवारलाई लक्षित गरी एक महिला–एक सीप–एक उद्यमको लागि बजेट व्यवस्था गरी कार्यान्वयनको सुनिश्चितता गर्ने , आर्थिक विकासको लागि महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिनुका साथै दलित एवं सिमान्तकृत महिलाको स्वामित्वमा दर्ता भई सञ्चालनहुने उद्यम व्यवसायका लागि विनाधितो सहुलियत व्याज दरका ऋण र यन्त्र उपकरण खरिदका लागि अनुदान को व्यवस्था गर्ने , दलित महिला लाई रोजगारीका लागि कम्तीमा एक कार्यालय, एक दलित महिलाको नीति लागू गर्ने र रोजगारी नभए मा गरिवी को रेखा मुनी भएका दलित महिला लाई बेरोजगारी भत्ताको व्यवस्थागर्ने , दलित महिलाको सरकारी एवं सरकारी स्वामित्वमा संचालित संस्था हरुमा रोजगारी मा पहुँच वृद्धि गर्न आवश्यक पूर्व तयारीका लागि तालिमको व्यवस्था गर्ने साथै नीति क्षेत्रमा समेत रोजगारीमा पहुँच बढाउन तालिम कार्यक्रम संचालन गर्ने ।,शताब्दीऔं देखि दलित एवं महिला ले भोग्दै आएका छुवाछुत, छाउपडी प्रथा, दाइजो प्रथा, बालविवाह, बहु विवाह, अन्तर जातीय विवाह, बोक्सीको आरोप, धन खाने प्रथा, बालि घरे प्रथा, चेलीबेटी बेचबिखन, परम्परावादी कुसंस्कार र कुरीतिलाई अन्त्य गर्न आर्थिक प्याकेज सहितको कानुनको कार्यान्वयन र सामाजिक रुपान्तरण राष्ट्रिय अभियान संचालन गर्ने । लगायत का १५ बुदे सुझाव पेश गरिएको हो ।
जिल्ला स्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस बिपी, नेकपा (समाजवादी)पार्टिका प्रतिनिधि तथा प्रमुख हरु लाई दलित महिला संघको प्रतिनिधि हरुको तर्फ बाट सुझाव पत्र बुझाइृएको थियो । सुझाव पत्र बुझे पश्चात पार्टि प्रतिनिधि तथा प्रमुख ले शुझाव अनुसार आगामी दिनमा अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
You might also like