डोटी, १७ भदौ
जोरायल गाउँपालिका-२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको
अवस्थामा कैलाली चुरे गाउँपालिका-६ बस्ने २४ वर्षीय लोकेन्द्र साउद समेत १२ जनालाई
गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२
हजार २५ रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।