प्रतिनिधि सभा सदश्यका लागी नेकपा एमाले बैतडी बाट दामोदर भण्डारी सिफारिस

१७ भदौ , डडेल्धुरा

मंसिर ४ गतेका लागी घोष्णा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले बैतडीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिश गरेको छ । बिहीबार साँझ बसेको ने.क.पा. एमाले जिल्ला कमिटिको बैठकले भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिश गरेको नेकपा एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।

एमालेका प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारी अहिले पनि संघिय सांसद रहेका छन् । गएको चुनावमा उनले बाम गठबन्धनबाट निर्वाचन जितेका थिए । यस्तै यो भन्दा पहिला उनले संविधानसभा सदस्यको निर्वाचनमा समेत जित हाँसिल गरेका थिए ।

भण्डारीको नाम सर्वसम्मत सिफारिश भएकाले अब जिल्लाले प्रदेश कमिटि र प्रदेशले केन्द्रिय कमिटिलाई नाम सिफारिश गर्नेछ । प्रतिनिधि सभा सदस्यका लागि एकजनाको नाम मात्रै सिफारिश भएकाले एमालेबाट भण्डारी उम्मेदवार हुने निश्चित भएको छ ।

यस्तै बिहीबार नै बसेको क्षेत्रीय कमिटि बैठकले प्रदेश सभा क्षेत्र नं (क) मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम उम्मेदवारका लागि सिफारिश गर्ने र प्रदेश सभा क्षेत्र नं (ख) मा पार्टीका जिल्ला सह–इन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्टको नाम उम्मेदवारका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.