सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

१७ भदौ , डडेल्धुरा
सुदूरपश्चिम प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गौरा पर्वको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पर्वको अवसरमा प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रवक्ता विष्णु दत्त अवस्थीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाट सुचना प्रकासित गरि १७ गतेको गौरा विदा कटौती गरेको भन्ने जानकारी आए पश्चात प्रदेश भरी विरोध गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.