१२ भदौ २०७९
डडेल्धुरा जिल्ला सदरमुकाममा स्थानिय निकाय र समुदाय विच अपांगताका विषयमा सम्वाद कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ जिल्ला शाखाका डडेल्धुराको आयोजना तथा ओमेन काईन्ड वल्र्डवाईटको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
दलित महिला संघ जिल्ला शाखा डडेल्धुराका सचिव अन्जु गैरीको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्वाद कार्यक्रममा नवदुर्गा गाँउपालिका का अध्यक्ष लक्ष्मि अवस्थि प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थो भने नवदुर्गा गाँउपालिकाका पुर्व उपाध्यक्ष डम्बरी ओली लगायत नवदुर्गा गाँउपालिका तथा अमरगढी नगरपालिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा डडेल्धुराका संञ्चारकर्मी गणेश बहादुर मगरले नेपालमा अपांगताको अवस्था, नेपालका अपांगका क्षेत्रमा भएका कार्यक्रमहरु, नेपाल सरकार तथा प्रदेश सरकार वाट अपांगताको क्षेत्रमा तयार गरिएका निति तथा कार्यक्रमहरुको बारेमा जानकारी राख्दै स्थानिय स्तरमा अपांगताको क्षेत्रमा देखिएको समस्याहरुको बारेमा प्रस्तुती गर्नुभएको थियो ।
दलित महिला संघका कार्यक्रम संयोजक सुनिता गैरीले स्वागत मन्तव्य सहित संञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानिय स्तरमा देखिएका अपांगता भएका नागरिकहरुको बारेमा छलफल गरिएको थियो भने उपस्थित सरोकारवालाहरुले जिज्ञाशाको जवाफ दिनुभएको थियो ।
उक्त कार्यक्रममा महिला तथा वालवालिका कार्यालय, स्वास्थ्य शाखा प्रतिनिधिहरुले सहभागीहरु सित दोहोरो सम्वाद गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नवदुर्गा गाँउपालिका प्रमुख लक्ष्मि अवस्थिले आगामी दिनमा अपांगता भएका नागरिकहरु लाई भत्तामा मात्र सिमित नगरेर विभिन्न शिपमुलक तालिमहरु दिई स्वरोजगार तर्फ उन्मुख गर्नुपर्ने बताए । साथै अपांगताको क्षेत्रमा पालिकाले निति निर्माण गरिसकेको ले आगामी दिनमा सरोकारवाला संग समन्वय गर्न पालिका तयार रहेको बताउनु भयो ।
You might also like