बैतडी कारागारमा फैलियो कोरोना

२ भदौ , बैतडी
भदौ ०२, बैतडी । जिल्ला कारागार बैतडीभित्र कोरोना भाइरसको संक्रमण फैलिएको छ। कारागारका १६ जनालाई संक्रमण पुष्टि भएपछि थप संक्रमणको जोखिम बढेको हो।

बैतडी कारागारका प्रमुख धारा भण्डारीका अनुसार बुधबार केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

अहिले संक्रमित कैदीहरुलाई अलगै राखेर उपचार गरिरहेको बताइएको छ। तर, २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेको र भौतिक दुरी कायम गर्नै समस्या रहेको जनाइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.