डडेल्धुरामा फरार प्रतिबादीहरु पक्राउ

२ भदौ डडेल्धुरा
डडेल्धुरा जिल्ला अदालत डडेल्धुराको आदेशानुसार चोरी
मुद्धाका विभिन्न समयमा फरार अभियुक्त हरु लाई जिल्ला प्रहरी कार्यालयको टोली प्रकाउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार फरार प्रतिबादीहरुलाई खोजतलास गर्नको लागी जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फेला पारी मिति २०७९ साउन ३१ गते पक्राउ गरी आज मिति २०७९ भदौ ०२ गतेका दिन आवश्यक कार्वाहीको लागी डडेल्धुरा जिल्ला अदालत डडेल्धुरामा बुझाईएको छ ।

प्रकाउ पर्नेहरुमा जिल्ला डडेल्धुरा अमरगढी न.पा. वडा नं. ७ बस्ने बर्ष १८ को जनक बि.क.,त्यसै गरि जिल्ला डडेल्धुरा अमरगढी न.पा.वडा नं. २ बस्ने बर्ष २० को सुनिल भन्ने ललित जोशी र जिल्ला डडेल्धुरा अमरगढी न.पा.वडा नं ५ बस्ने बर्ष २२ को सबिन भन्ने एल्सन लिम्बु रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक उमाकान्त जोशी ले बताए ।

You might also like