भागेश्वरको बगरकोटमा विविध कार्यक्रम सहित भलिवल हुदै

२ भदौ , डडेल्धुरा
‘खेलसँगै कला र संस्कृतिको जर्गेना’ भन्ने मूल नाराका साथ खबरदारी न्युज साप्ताहिकको आयोजनामा विविध कार्यक्रम सहित डडेल्धुरा जिल्ला भागेश्वर गाँउपालिकाको सदरमुकाम बगरकोटमा खुला भलिबल प्रतियोगिता हुन लागेको हो।
सुदूरपश्चिमको महान् पर्व गौरा र तिजको अवसरमा हुन लागेको भलिबल प्रतियोगिता भदौ १४ गतेदेखि सुरु हुने छ। भलिबलसँगै देउडा, म्युजिकल चेयर र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जनाएको छ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ भलिबलको आयोजना गर्न लागिएको अध्यक्ष जनक महराको भनाइ छ। कार्यक्रमको प्रवर्द्धकको रूपमा डडेल्धुरा युवा मञ्च रहेको छ।

भागेश्वर गाउँपालिकाको सदरमुकाम बगरकोटको सरस्वती माविको मैदानमा खेल सुरु हुनेछ। टिम दर्ताका लागि भदौ १ देखि १२ गते सम्म म्याद राखिएको छ भने दर्ता शुल्क रु दुई हजार पाँच सय राखिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजार ३० नगदसहित प्रमाणपत्र हात पार्नेछ।

उप–विजेता टिमले नगद १५ हजार १५ नगदसहित प्रमाणपत्र र तृतीय हुने टिमले नगद ७ हजार ७ नगद सहित प्रमाणपत्र र सिल्ड हात पार्नेछ भने देउडा म्युजिक चेयरमा उत्कृष्ट ३ लाई नगद सहित सम्मान गरिनेछ आयोजकले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.