प्रजनन स्वास्थ्यमा नागरिक समाजको सहकार्य बढाउन अन्तरक्रिया कार्यक्रम

३० साउन, गणेश बहादुर मगर, डडेल्धुरा

डडेल्धुरा सदरमुकाम मा आज यौन तथा प्रजनन स्वास्थ्यमा नागरिक समाजको सहकार्य बढाउन क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।
स्वास्थ्य कार्यालय डडेल्धुरा संगको समन्वय, आईपास नेपाल संगको सहकार्य मा सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीले संञ्चालन गरिरहेको सुरक्षित गर्भपतन तथा सुद्धृढिकरण परियोजना अन्तर्गत उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

डोटि जिल्लाको सायल र के.आई.सिं तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा गरि जम्मा ४ वटा स्थानिय तहमा संञ्चालन भईरहेको सुरक्षित गर्भपतन तथा सुद्धृढिकरण परियोजना अन्तर्गत आयोजना भएको उक्त कार्यक्रममा सामाजिक विकास मञ्च (सिडिएफ) डोटीका सचिव शिद्धराज जोशीले सहभागी हरु लाई स्वागत व्यक्त गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

परियोजना अधिकृत मञ्जु पोख्रेल ले संञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय डडेल्धुराका तर्फ बाट भवान सिँ कुवरले परिवार नियोजनका साधन र यसको प्रयोगको अवस्थाको बारेमा प्रस्तुती गर्नुभएको थियो भने , परियोजना अधिकृत पाख्रेलले परियोजनाको विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।
स्वास्थ्य कार्यालय प्रतिनिधि, नागरिक समाज , पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, किशोरी संरक्षण मञ्चका प्रतिनिधीहरुको सहभागीता रहेको उक्त कार्यक्रम मा विविध बिषयमा अनतरक्रिया पश्चात तिन बुदे कार्ययोजना निर्माण गरि सफल कार्यान्वयनको लागी सहभागीहरुको तर्फ बाट प्रतिवद्धता व्यक्त गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.